देश

प्रहरीद्वारा क्रिश्चियन धर्म प्रचार गर्दै हिडेका जापान र कोरियाका नागरिकहरु पक्राउ

कास्की, साउन ८-जिल्ला प्रहरी कार्यालय कास्कीले धर्म प्रचार प्रसार गर्दै हिड्का बिदेशी नागरिकहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन जना बिदेशी नागरिकहरु छन्।

साउन ६ गते कास्की जिल्लाको पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुमा क्रिश्चियन धर्म प्रचार प्रसार गर्दै धर्म परिवर्तन गराउन खोज्दै हिडिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुबाट प्रहरीले बाईबल तथा क्रिश्चियन धर्मसंग सम्बन्धित पर्चा पम्प्लेटहरु समेत बरामद भएको छ ।

कास्की प्रहरीको अनुसार पक्राउ पर्नेमा २ जना जापान र १ जना कोरियाका नागरिक रहेका छन्। पक्राउ पर्नेमा जापानका ३७ बर्षीय जिरो सेकिया, जापानकै अर्का ३७ बर्षीय  रेइको सेकिया र कोरियाका ७३ बर्षीय जेष्ठ नागरिक चो योसाङ रहेका छन्।

पक्राउ परेका बिदेशी नागरिकहरुलाई कानुनी कारवाही अगाडी बढाईएको कास्की प्रहरीले जानकारी गराएको छ।