खेलकुद विदेश

सन् २०२० भित्र चीनले देशभर २९ हजार फुटबल मैदान बनाउने

????????????????????????????????????

बेइजिङ, सिन्ह्वा, साउन ७–सन् २०२० भित्र चीन आफ्नो देशमा २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ।

चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ठ अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो मात्रामा रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताए। गत वर्ष सेप्टेम्बर सम्ममा चीनमा करिब एक लाख २० हजार फुटबल मैदान मात्र थिए। उनले भने “सबै आकारका फुटबल मैदान गणना गर्दा प्रत्येक स्कुलमा ६०० विद्यार्थीका लागि १ प्रतिशत मात्र मैदान उपलब्ध हुन्थ्यो।”

चीनमा सन् २०१५ देखि २०१८ सम्म मुलुकभरका स्कुलमा करिब ३२ हजार फुटबल मैदान निर्माण र स्तरोन्नति गरिएको पनि वाङले बताए।

सन् २०१५ मा चिनियाँ फुटबल संघका साथै शिक्षा, खेलकुद र अर्थ प्रशासनबीच निर्माण भएको संयुक्त कार्यदलले देशका फुटबल मैदानको स्तरोन्नति गर्ने र नयाँ फुटबल मैदान बनाउने निर्णय गरेको थियो। चीनमा फुटबल निकै रुचाइएको खेल हो।

Featured