देश

भारतीय ट्रकको ठक्कर बाट हेटौंडामा २ जनाको मृत्य, ८ जना घाइते

भारतीय ट्रकले ५ वटा सवारीसाधनलाई ठक्कर दिँदा हेटौंडा उपमहानगरपालिका १५ मा दुई जनाको मृत्यु भएको छ। एमएन ०१ डी ८०३१ नम्बरको भारतीय ट्रकले २ वटा बस, १ टाटा सुमो, १ अटो रिक्सा र एक मोटरसाइकललाई ठक्कर दिएको हो।

ट्रकको ठक्करपछि नाम नखुलेको मोटरसाइकलका चालक र अटो रिक्साका चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

ट्रकको उक्त ठक्कर बाट टाटा सुमो, अटो रिक्सा तथा बसमा सवार ८ जना घाइते भएका छन्। मृत्यु तथा घाइते हुनेहरुको नाम अझै खुल्न नसकेको मकवानपुर प्रहरीले जनाएको छ।

दुर्घटना चुरियामाई मन्दिरबाट १ सय मिटर हेटौँडातर्फको सडकमा भएको हो। दुर्घटनामा परेको मोटरसाइकल तथा रिक्साको नम्बर प्लेट खुलिसकेको छैन।

 

 

Featured