देश

नेपाल र जर्जियाबीच भिजा शुल्क नलिने सहमति

काठमाडौँ, साउन ६-नेपाल र जर्जियाबीच प्रवेशाज्ञा शुल्क नलिने सहमति भएको छ। आज परराष्ट्र मन्त्रालयमा भएको वार्तामा नेपाल र जर्जियाबीच सचिवस्तरमा त्यस्तो सहमति भएको हो।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा सचिव वैरागी र उहाँका जर्जियाली समकक्षी अर्चिल जुलियासिभ्लीले त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो।

आजै नेपाल चेम्बर अफ कमर्स र जर्जियाली उद्योग वाणिज्य सङ्घबीच व्यापारिक साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रतिक्रिया दिनुहोस

Click here to post a comment

Featured