देश

नेपालको विद्यालय क्षेत्र सुधार तथा मानव संशोधन विकास परियोजना कार्यान्वयनका लागि जापानद्वारा नेपाल सरकारलाई रु ६३ करोड ९९ लाखको अनुदान प्रदान

काठमाडौँ, साउन ६-नेपालको विद्यालय क्षेत्र सुधार तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन लागि जापानले  नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रमममा अनुदान सहायता सम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गर्नुभयो।

आजै ती सम्झौता कार्यान्वयन गर्ने सम्बन्धी अर्को सम्झौतापत्रमा जापानी सहयोग नियोग (जाइका) का प्रमुख प्रतिनिधि युमिको आशाकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गर्नुभयो।

कार्यक्रमममा आफ्नो सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले भन्नुभयो ‘ नेपालको दिगो विकासका लक्ष्य हासिल गर्ने तथा ‘समृद्ध नेपाल, खुुशी नेपाली’ परिकल्पना साकार गर्ने वर्तमान सरकारको उद्देश्य सानै भए पनि सहयोग गर्न पाएकोमा जापान गौरव गर्छ।’

अर्थ सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गर्नुभयो ।

 

Featured