देश

कारको ठक्करबाट एकको मृत्यु

परासी, मंसिर २७–पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् । काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत बडेरामा उनलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । कार र चालक प्रहरीको नियन्त्रणमा छन् । (रासस)

Featured