देश राजनीति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई खोजिरहेको भन्ने समाचार झुटो: विजयकुमार गच्छदार

काठमाडौँ, साउन ६-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई बयानका लागि नबोलाएको बताएका छन्। उनले आफू आँखाको उपचारका लागि विदेश गएको बेलामा भागेको भनेर गलत प्रचार गरिएकोमा घोर आपत्ती जनाएका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै गच्छदारले बालुवाटारमा रहेको प्रधानमन्त्री निवासलाई विस्तार गर्ने प्रस्ताव आफूले भौतिक योजना मन्त्रालयका तर्फबाट मन्त्रिपरिषद्मा लगेको बताएका छन्।

उनले सबै काम कानुनी प्रक्रिया पुर्‍याएर गरिएको दावी समेत गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई खोजिरहेको भन्ने समाचारको गच्छदारले खण्डन गर्नुका साथै घोर आपत्ति जनाए। उनले अख्तियारले आफुलाई अनुसन्धानका लागि बोलाएको खण्डमा जाने पनि स्पष्ट पारेका छन्।