देश

कुमारीको ‘स्मार्ट मोबाइल बैंकिङ’ योजना

काठमाडौं, मंसिर २५–कुमारी बैंकले स्मार्ट मोबाइल बैंकिङको आकर्षक योजना ल्याएको छ । नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नवीनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न उक्त योजना ल्याएको कुमारी बैंकले जनाएको छ ।

योजनाअन्तर्गत कुमारी बैंकका मोबाइल बैंकिङ ग्राहकले कुमारी स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी विभिन्न योजनामा सहभागी भई फाइदा लिन सक्ने छन् । १०० मा १०० योजनाअन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाइल बैंकिङबाट पहिलो १०० रुपैयाँको टपअप गर्दा १०० रुपैयाँ नै क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना नयाँ तथा पुराना सबै ग्राहकलाई लागू हुनेछ । योजनामा सहभागी हुन ग्राहकले पहिलोपटक कुमारी मोबाइल बैंकिङ प्रयोग गरेको हुनुपर्नेछ ।

त्यस्तै स्क्यान एन्ड पे योजनाअन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाइल बैंकिङ प्रयोग गरी विभिन्न पसल तथा रेस्टुराँमा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १०५ रुपैयाँ वा दैनिक आधिकतम १०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना फागुन १७ गतेसम्मका लागि लागू हुने बैंकले जनाएको छ । कुमारी स्मार्टको प्रयोग गरी विभिन्न बिल भुक्तानी जस्तै( पानी, बिजुली, सारथिको ट्याक्सी, नेपाल ग्याँस, इन्टरनेट, इत्यादिको पैसा भुक्तानी गर्न पनि सकिन्छ ।

Featured