मनोरंजन विदेश

बलिउड नायिका ईशा गुप्ताविरुद्ध यौन हिंसाको मामलामा मुद्दा दर्ता

भारत, साउन ५-बलिउडमा आफ्नो बोल्डनेसका लागि परिचित अभिनेत्री हुन् ईशा गुप्ता। यी नायिका हालै नयाँ विवादमा फसिरहेको छ।

ईशा गुप्ताविरुद्ध दिल्लीका एक व्यक्तिले मानहानीको मुद्दा दर्ता गरेका छन्। दिल्लीका एक व्यापारीले ईशालाई कानूनी प्रावधान अनुरुप सजाय दिनुपर्ने माग गरिरहेका छन्। अदालतमा अगस्ट २८ तारिखमा दुई पक्षको बयान दर्ता गरिनेछ र त्यसपछि सुनुवाई हुनेछ। व्यापारीले ईशाले लगाएको गलत र अपमानजनक आरोपका कारण उनको छवि धुमिल भएको बताएका छन्। मानिसहरुले आफ्नो क्यारेक्टर माथि प्रश्न उठाइरहेका कारण आफूले मुद्दा दर्ता गर्नुपरेको उनले बताए।

मामिला यस्तो थियो

शुक्रवार आफ्नो नयाँ फिल्म वान डे: जस्टिस डिलीवार्ड को रिलीजको दिन दिल्लीको एक होटलमा बसेका बेला एक व्यापारीले आफूलाई घुरेर हेरिरहेको बताएकी थिइन्। ईशाले उक्त घटनालाई ‘आँखाले बलात्कार’ गरिरहेको बताएकी थिइन्। उनले व्यापारीको तस्बिर पोष्ट गर्दै लेखेकी थिइन्, ‘यी व्यक्तिले आँखाले मेरो बलात्कार गरिरहेका थिए। मेरा सुरक्षाकर्मीलाई धन्यवाद जसले मलाई त्यतिबेला सहज हुन मद्दत गरे। के यी व्यक्तिलाई कसैले चिन्छ? उनले मलाई न त छोएका छन् न केही भनेका छन् तर लगातार मलाई घुरिरहे, एक प्रशंसकको रुपमा नभई, न नै म नायिका भएका कारण, म एक महिला भएका कारण उनले यस्तो गरिरहेका थिए।’

 

 

 

Featured