विदेश

न्युजिल्यान्डमा ज्वालामुखी जाँदा पाँच जनाको मृत्यु

एजेन्सी, मंसिर २३–न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते तथा सम्पर्क्विहीन भएका छन् ।विस्फोट हुनु केही क्षणअघि ज्वालामुखीको मुखनजिकै पर्यटकहरू हिँडेको देखिएको बताइएको छ । प्रहरीले सो ज्वालामुखीमा परेका २३ जनालाई उद्धार गरिएको जनाएको छ ।

हताहत हुने व्यक्तिको संख्या बढ्न सक्ने बताइएको छ । सो स्थानमा उद्धार गर्न निकै जोखिमपूर्ण मानिएको छ । उद्धारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ । उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन् । घाइतेहरूको शरीर पोलेको छ ।

Featured