देश

विकास निर्माण भुक्तानीको विषयमा घूस लिएको अभियोगमा १५ लाख घूससहित तीन इञ्जिनियरहरु पक्राउ

काठमाडौं, साउन ४-कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनियरहरु विकास निर्माण भुक्तानीको विषयमा घूस लिएको अभियोगमा १५ लाख घूससहित पक्राउ परेका छन।

शनिबार बर्दियाको गेरुवा गाउँपालिकाबाट गाडीमा सावर इञ्जिनियरहरू कमल सिटौला, विश्वेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरी र चालक टंकप्रसाद ओझालाई अख्यितारको टोलीले नियन्त्रणमा लिएकको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए छन्।

अख्तियारले ‘उनीहरूलाई विकास निर्माण भुक्तानीको विषयमा घूस लिएको भन्ने आरोपमा पक्राउ गरिएको हो।

अख्तियारले यस बारे अनुसन्धान भइरहेको जनाएको छ।

Featured