खेलकुद देश

ईन्द्रबहादुर र सञ्जित जुडोको फाइनलमा

काठमाडौं, मंसिर २२–१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ईन्द्रबहादुर श्रेष्ठ र सञ्जित डंगोल जुडोको फाइनलमा पुगेका छन् । ६६ केजी तौल समूहको आइतबार भएको सेमिफाइनलमा पाकिस्तानका हसनलाई वाजरीमा १–० ले हराउँदै ईन्द्रले रतज पदक पक्का गरे । त्यसअघि ईन्द्रले श्रीलंकाका खेलाडीलाई २ मिनेट १८ मिनेट बाँकी रहँदा इप्पोनमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

नेपाली सेनाको लगनखेलस्थित कभर्ड हलमा जुडो आइतबार सुरु भएको हो । सञ्जित ७३ केजीमुनिको तौल समूहको फाइनलमा पुगेका छन् । उनले सेमिफाइनलमा इस्लाम अमिरुललाई इप्पोनमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । अब सञ्जितले श्रीलंकाका खेलाडीसँग स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Featured