देश

लागुऔषधसहित काठमाडौंबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं, मंसिर २२–लागुऔषध कारोबारमा संलग्न चनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । लागुऔषध बनाउने ४ किलो २ सय ग्राम सहायक रसाइन ईफ्रेडिनसहित प्रहरीको लागूऔषध ब्युरोले चिनियाँ नागरिक झाङ चाओलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

चीनबाट उक्त लागुऔषध उनले नेपाल हुँदै न्युजिल्याण्ड लैजान लागेका थिए । न्युजिल्याण्ड पठाउन लागिएको ईफ्रेडिन लागू औषध एम्फेटामिन बनाउन प्रयोग गरिने र चाओले उक्त ईफेड्रिन चीनमा नोपली मूल्य करिब २ लाख २५ हजार बराबरमा खरिद गरेका थिए ।

न्युजिल्याण्ड पठाउँदा त्यसको मूल्य ५० लाख बराबरको हुन आउने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यसअघि यस्तै प्रकारको ४ सय ७१ दशमलव ८८ किलो स्यूडोईफ्रेड्रिन ट्याब्लेटसहित आर्य मार्फ सिटिकल्सका सञ्चालकलाई ४ साउन २०७३ मा व्युरोले पक्राउ गरी कारबाही गरेको थियो ।

Featured