विदेश

उन्नाव बलात्कार पीडितको मृत्युः बन्धक बनाएर दाजुभाइले नै गरे बलात्कार

एजेन्सी, मंसिर २१–भारतको उन्नाव बलात्कार पीडित युवतिको शुक्रबार राती अस्पतालमा मृत्यु भएको छ । बलात्कारपछि आगो लगाएर जलाइएकी युवतिको शुक्रबार मध्यराति उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका बर्न तथा प्लास्टिक सर्जरी विभागका प्रमुख डा. शलभ कुमारले भने, ‘हाम्रो अथक प्रवासका बावजुत पनि बचाउन सकेनौं, रातको ११ बजेतिर बेहोस भइन् । हामीले बचाउने कोशिस गर्यौ तर ११ बजेर ४० मिनेटमा उनको ज्यान गयो ।’

भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई बिहीबार दिउँसो जिउँदै जलाइएको थियो । जलेर गम्भीर बनेकी युवतिलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अबर अनुसार पीडितकातर्फबाट प्रहरीमा दिएको जाहेरीमा घटनाबारे पूरै विवरण बाहिर आएको छ । जाहेरीअनुसार पीडित युवतिलाई बन्धक बनाइएको थियो । जुन घरमा उनलाई राखिएको थियो । त्यहाँबाट घरबाहिर हेर्न पनि निषेध गरिएको थियो ।

जब उनलाई आरोपीहरूले छाडे त्यसबेला बन्धक बनाएकोबारे प्रहरीलाई खबर गरी पुनः बलात्कार गर्ने मात्र नभइ उनीसँग बलात्कार गर्दा बनाइएको भिडियो सार्वजनिक गर्नेसम्मको धम्की दिएका थिए । पीडित धम्कीको बेवास्ता गर्दै प्रहरीको सम्पर्कमा आएकी थिइन् । मार्च ५ मा उनले उन्नाव प्रहरीमा जाहेरी दिइन् । त्यसको भोलीपल्ट पुनः रायबरेलीमा पनि जाहेरी दिएकी थिइन् । पीडकले ती युवतिसँग प्रेम गरे । बन्धक बनाएर बलात्कार पनि गरे र अन्तयमा जिउँदै जलाएर ज्यान पनि लिए । पीडितले आफूले पाएको यातनाको सम्पूर्ण विवरण जोहेरीमा खुलाएकी छन् । बन्धक बनाएका बेला जब उनी घरबाहिर हेर्थिन् तब उनलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने र बलात्कार गर्ने गरेको जोहरीमा उल्लेख छ।

पीडित युवतिका अनुसार आरोपीले उनलाई बिवाह गर्ने आश्वासन दिएका थिए । विवाहका लागि उनी आरोपीसँग लालगंज गइन् । त्यहाँ उनीमाथि बलात्कार गरियो र त्यसको भिडियो पनि बनाइएको थियो । त्यही भिडियो सार्वजनिक गर्ने धम्की दिँदै बारबार बलात्कार गरिएको जाहेरीमा पीडित युवतिले उल्लेख गरिकी छन् ।

आरोपीले युवतिलाई बन्धक बनाउन पटक–पटक सहर बदलिरहे । जब उनले बलात्कारविरुद्ध आवाज उठाइन् । आरोपीले पुनः बिवाहको लालज दिएर मुख बन्द गरे । रायबरेलीको एक अदालतमा लिएर बिवाहको कागजात पनि तयार पारे । बिवाहको नाममा रायबरेलीको एक होटलमा एक महिनासम्म राखेर बलात्कार गरे । त्यसपछि गाउँ लिएर गए । पीडा सहन नसकेपछि त्यहाँबाट भागेर रायबरेलीमा रहेको आफन्तकहाँ पीडित युवतिले शरण लिइन् । त्यहाँ बसेको पनि आरोपीले थाहा पाएपछि आफन्तकहाँ नै पुगे । त्यहाँ पनि उनले बिवाह गर्ने लालच दिएर मन्दिर लगे । त्यहाँबाट फर्केपछि पिस्तोल देखाएर आरोपी र उनका भाइले सामूहिक बलात्कार गरेको पीडितले जाहेरीमा बताएकी छन् ।

Featured