खेलकुद देश

तेक्वान्दोतर्फ भूपिनले दिलाए नेपाललाई १२औं स्वर्ण, दाजुभाइ भने पराजित

काठमाडौं, मंसिर १९–१३औं साग अन्तर्गत तेक्वान्दोतर्फको आज भएका खेलमा नेपालका भूपिन श्रेष्ठले स्वर्ण पदक जितेका छन् । योसँगै तेक्वान्दोतर्फ नेपालले १२ वटा स्वर्ण जितेको छ । आज भएका ६ वटा खेलमध्ये अन्तिम खेलमा श्रेष्ठले स्वर्ण दिलाउँदा अन्य पाँच पदक भने हासिल गर्न सकेनन् ।

अन्तिम खेलमा श्रेष्ठले भारतका भारतका अक्षय होडिलाई पराजित गर्दै नेपाल को अन्तिम स्वर्ण पदक दिलाए हुन् । तेक्वान्दोमा सहोदर दाजुभाइ गोविन्दबहादुर आले र किरण आलेले भने रजत र कास्य पदमा चित्त बुझाउनुपरेको छ । किरण पाकिस्तानमा राब नवजसँग फाइनमा घज्ञ( ठ को अन्तरले पराजित भए । त्यस्तै गोविन्द भारतका निराज दिलीप चौधरीसँग सेमिफाइनलमै पराजित भए ।

Featured