देश

नेपालको सम्पदा विश्वसम्पदाको खतराको सूचीमा पर्नबाट जोगिए

काठमाडौं, साउन ४-चीन, इन्डोनेशिया, जिम्वावे, कतार, तान्जानिया, ब्राजिल ग्वाटेमाला, क्युवा र अंगोलाले नेपालको सम्पदालाई विश्वसम्पदाको खतराको सूचीमा पर्नबाट जोगाएका छन्।

गत असार १५–२५ मा अजरबैजानको बाकुमा सम्पन्न ४३औं विश्वसम्पदा सेक्सनले उपत्यकाको काठमाडाैँ, भक्तपुर, पाटन दरबार क्षेत्र, बौद्धनाथ, स्वयम्भु, पशुपति र चाँगुनारायण क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको थियो।

यी राष्ट्रले नेपालको विश्वसम्पदा क्षेत्रलाई खतराको सूचीमा राख्न नहुने दवाव दिएपछि युनेस्को समितिले खतराको सूचीमा नराख्ने निर्णय गरेको छ। इन्डोनेशिया युनेस्को कार्यकारी समितिको अध्यक्ष हो।

युनेस्कोले भूकम्प लगत्तै सन् २०१५ हरेक वर्षको सेक्सनदेखि गएको वर्षसम्म उपत्यकाको सात क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिदै आएको थियो।

यो संगै युनेस्कोले नेपालको सम्पदालाई पाँचौं पटक खत्राको सुचीमा राख्न असफल भएको हो।