देश

चितवनको माडीमा ट्राफिक प्रहरीको उपस्थिति हुने

साउन ०४ चितवन। चितवनको माडीमा ट्राफिक प्रहरीको उपस्थिति हुने भएको छ ।भरतपुरबाट दक्षिणमा रहेको चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानुपर्ने माडी नगरपालिकामा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक कार्यालय चितवनले महिनामा १० दिनका लागि भएपनि माडीमा ट्राफिक राख्ने बताएको छ ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले माडी उपत्यकामा स्थाई रुपमै ट्राफिक प्रहरीलाइ राख्ने आफ्नो मन हुदाहुदै पनि जनशक्तिको अभाबका कारण राख्न नसकिएकोमा दुख पोख्नुभयो । आफुले माग गरे अनुसार दक्ष ट्राफिक प्रहरी नपाएको बताउदै उहाले माडीमा सवारी दुर्घटना बढ्दै गएकाले कम्तिमा महिनाको १० दिन ट्राफिक प्रहरीलाई माडी राख्न लागिएको बताउनुभयो ।

पछिल्लो समय माडीमा सवारी दुर्घटनाको संख्या बढ्न थालेपछि माडी नगरपालिकालाइ पनि ध्यानमा राखी कार्यक्रम अघि बढाउन लागिएको उहाले जानकारी दिनुभयो ।माडीमा केहि समय अघि एक जना ट्राफिक प्रहरी राखिएको भएपनि अहिले एकजना पनि ट्राफिक प्रहरी छैनन् ।

“हामी अहिले शहर केन्द्रित भएका छौ किन कि हामी संग प्रयाप्त जनशक्ति छैनन्:- रुसनेपाल अन्लाइनसंग कुरा गर्दै प्रमुख गिरीले भन्नुभयो:-अझैपनि हामी चितवनकै धेरै भूभागमा जान सकिरहेका छैनौ ।”आफ्नो टिमले चितवनमा सवारी दुर्घटना न्यूनीकरण गर्न धेरै प्रयास गरिरहेको बताउदै नियमित चेकजाॅच गरिरहेको उहाले बताउनुभयो ।