विदेश

युएनएफएओको प्रतिवेदन अनुसार विश्वभर ८२ करोड मानिस भोकमरीमा रहेको तथ्यांक सार्वजनिक

काठमाडौं,एजेन्सी, साउन ४-संयुक्त राष्ट्र युएनएफएओको नयाँ प्रतिवेदन अनुसार विश्वभर ८२ करोड मानिस भोकमरीमा बस्नु परेको नयाँ तथ्यांक सार्वजनिक गरेको छ।

संयुक्त राष्ट्र खाद्य एवम् कृषि संगठन युएनएफएओले सार्वजनिक गरेको नयाँ प्रतिवेदन ‘स्टेट अफ फूड सेक्युरिटी एण्ड न्युट्रेशन इन द वल्र्ड २०१९’ अनुसार भोकै बस्नुपर्ने बाध्यता भएका मानिसहरुको संख्यामा वृद्धि भएको छ।

उक्त प्रतिवेदन अनुसार सन् २०१८ मा मात्र ८२ करोड मानिसहरु भोक भोकै बस्नुपरेको थियोे। भोकै बस्ने मानिसहरुको संख्यामा सवैभन्दा बढी एसिया रहेकोे छ जहाँ ५१ करोड ३९ लाख रहेको छ भने अफ्रिकामा भोकै बस्नेको संख्या २५ करोड ६१ लाख रहेको उक्त प्रतिवेदनले देखाएको छ।

उक्त प्रतिवेदन अनुसार संयुक्त राष्ट्रको दिगो विकासको लक्ष्यलाई यो पछिल्लो प्रतिवेदनले चुनौति दिएको छ। दिगो विकास अन्तर्गत सन् २०३० सम्ममा विश्वलाई ‘शुन्य भोकमरी’ गराउने लक्ष्य राखिएको छ।

Featured