देश

भप्सी खोलामा फेरि बाढी आएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

साउन ४ महोत्तरी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी खण्डमा अहिले गाडी चल्न सकेका छैनन् ।महोत्तरीको बर्दिवासमा भप्सी खोलामा बनाइएको अस्थायी डाइभर्सनमा बाढी आएपछि अहिले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ । गएको हप्ता आएको बाढीले भप्सीखोलाको पुल बगाएपछि अस्थायी डाइभर्सन बनाएर गाडी चलाइएको थियो । तर शनिबार बिहान ७ बजेतिर बाढी आएपछि अहिले दुईतर्फ नै गाडी रोखिएका हुन् ।पानीको बहाव घटेपछि मात्रै गाडी चलाउन दिने प्रहरीले जनाएको छ ।

Featured