खेलकुद

अफ्रिका कप अफ नेसन्सको उपाधि दोस्रो पटक अल्जेरियालाई

साउन ४ इजिप्ट। अल्जेरियाले दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।गएराति इजिप्टको कायरोमा भएको फाइनलमा सेनेगललाई १–० गोलअन्तरले पराजित गर्दै अल्जेरियाले उपाधि जितेको हो ।खेलको दोस्रो मिनेटमै बगदाद बौनेदजाहले गरेको गोल अल्जेरियाको जितमा पर्याप्त बन्यो । सेनेगलले अहिलेसम्म प्रतियोगिताको उपाधि जितेको छैन ।
सन् २००२ मा उपविजेता बनेको सेनेगल यस पटक पनि उपविजेतामै सिमित बन्नु पर्‍यो । त्यतिबेला पनि सेनेगल पेनाल्टीमा पराजित भएको थियो ।सन् १९९० मा पहिलो उपाधि उचालेको अल्जेरिया यस पटक सेनेगललाई पराजित गर्र्दै दोस्रो पटक च्याम्पियन बन्न सफल भएको छ ।
पहिलो पटक देशलाई उपाधि जिताउने लक्ष्यमा रहेका लिभरपुलका मिडफिल्डर साडियो माने भने यसपटक असफल रहे ।जितपछि अल्जेरियाका प्रशिक्षक जामेल बेलमाडीले उपाधिको सबै हकदार खेलाडी भएको बताए ।

Featured