विदेश

मुम्बईमा रेल दुर्घटनामा परि १५ जनाको मृत्यु

मुम्बई, एएफपी, साउन ४-बिहीवार भारतको आर्थिक राजधानी मानिने मुम्बईमा रेल दुर्घटनामा परि १५ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको प्रहरी प्रवक्ता एसआर गान्धीले बताए छ।

प्रहरी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पैदल यात्रीले बाटो काट्ने वा रेलमा झुण्डिएर यात्रा गर्ने क्रममा रेलबाट झरेर दुर्घटना भएको हो।

मुम्बईमा सजिलोका लागि सबैतिर बाट बाटो काट्ने गरेको र मुम्बईका अत्यधिक धेरै मान्छे छोटो बाटो प्रयोग गर्न चाहन्छन् जस्को कारण यस्तो घटना हुने गरेको गान्धीले बताएका  छन्।

रेल सञ्जाल अन्तर्गत हुने दुर्घटनाक कारण भारतमा औसतमा दैनिक दश जनाको मृत्यु हुने गरेको अधिकारीहरुले बताएका छन्।

सरकारी तथ्यांक अनुसार सन् २०१५ देखि २०१७ सम्ममा भारतमा रेल दुर्घटनामा परी करिव ५० हजार जनाको मृत्यु भएको छ।

Featured