देश

देशैभरका यातायात समिति कम्पनीमा रुपान्तरित

साउन ३ काठमाडौं । देशैभरका यातायात समिति कम्पनीमा आएका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आबद्ध यातायात समिति कम्पनीमा आएका हुन् ।महासंघले शुक्रबार रुपान्तरित यातायात सेवा सुरु गरेको जानकारी गराएको हो ।रुपान्तरित यातायात सेवाको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हिजोको अस्तव्यस्त यातायात क्षेत्रलाई व्यवस्थित बनाउने गरी कम्पनी ‘मोडल’मा लगेको बताए ।
उनले यातायातलाई लगानी सुरक्षित क्षेत्रसमेत बनाउन सरकार लागेको बताए ।मन्त्री महासेठले यातायात प्राधिकरण गठनसम्बन्धी कानुन बनाउन मस्यौदा एक साताभित्र संसदमा ‘टेबुल’ गर्ने पनि बताए ।उनले यातायात क्षेत्रमा सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धा नगरेको भन्दै साझा यातायातमा सरकारले गरेको लगानीलाई सर्वसाधारणको सेवाका लागिमात्रै भएको बताए ।

Featured