देश

त्रिवि सेवा आयोगका कर्मचारीद्वारा छैटौं तलाबाट हाम फालेर आत्महत्या

काठमाडौँ, साउन ३-परीक्षार्थीको मार्कशिटमा नम्बर थपघट गरी पास गराई दिएको आरोप लागेका त्रिभुवन विश्वविद्यालय पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले काठमाडौंस्थित त्रिपुरेश्वरको एक भवनको छैटौं तलाबाट हाम फालेर आत्महत्या गरेका छन्।

पाण्डेले बिहीबार एक भवनको छैटौं तलाबाट आत्महत्या गरेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। पाण्डे घर भएका ६७ वर्षीय पाण्डे लमजुङका स्थाई बासिन्दा थिए। पाण्डेलाई उक्त मुद्दा लागे पछि केहि समय देखि चिन्तित थिए।

कानुनी परामर्शका लागि त्रिपुरेश्वरको एक ल फर्म पुगेका बेला पाण्डेले उक्त भवन बाट हाम फालेर आत्महत्या गरेका हुन्। उनी त्रिवि सेवा आयोगका पूर्वकर्मचारी हुन्।

परीक्षार्थीको मार्कशीतमा नम्बर थपघट गरेको आरोपमा त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मालगायत अन्य १० जनाविरूद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Featured