विदेश

बेलायतमा नेपाल ‘भ्रमण बर्ष २०२०’ को प्रचार

काठमाडौं, साउन २-नेपाल पर्यटन बोर्डले ‘भ्रमण बर्ष २०२०’ को प्रचारको लागि बेलायतस्थित नेपाली दूतावासको समन्वयमा बेलायतको लण्डन सहरमा गुड्ने ६० वटा बसको भित्तामा नेपालको  ब्राण्डिङ गरेको छ।

‘नेपाल ब्राण्डिङ’ पोस्टर रहेको बसहरु बेलायतको पार्लामेण्ट स्क्वायर, वेस्टमिस्टर, ट्राफल्गर स्वायर, केन्सिन्ग्टन हाइ स्ट्रीट, अक्सफोर्ड स्ट्रीटलगायत विभिन्न १८ रुटमा गुड्ने गरेका छन्।

नेपाल पर्यटन बोर्डले करिब ३ सातासम्म यो अभियान जारी रहने जनाएको छ। यस अवधि भर करिब ४५ लाख विदेशी सामु नेपालको प्रचार हुने आशा गरिएको छ।

नेपाल भ्रमणमा आउने यूरोपेली पर्यटक मध्ये सबैभन्दा धेरै बेलायतीहरु रहेका छन्। यस अघि भ्रमण बर्ष २०११ मा पनि लन्डनमा यसरी नै नेपालको प्रचार गरिएको थियो।

Featured