देश

गायक प्रमोद खरेल झापाको कचनकबल गाउँपालिकाको सद्भावना दूतमा नियुक्त

भद्रपुर, साउन २-नेपाली सुगम संगीतका चर्चित तथा ख्याति प्राप्त गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूतको रुपमा नियुक्त गरेको छ।

झापाको कचनकबल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमका अनुसार नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाको पर्यटकीय प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास राख्दै सोही ठाउँमा जन्मेका चर्चित गायक खरेललाई सद्भावना दूत नियुक्त गरेको जानकारी दिए।

झापाको कचनकबल गाउँपालिकामा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई र क्याम्पस तहमा पढ्ने छात्रालाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको र सबै माध्यमिक तहमा कम्प्युटर शिक्षा अनिवार्य गरिएको छ ।

नयाँ आर्थिक वर्ष २०७६/७७ को लागि सो गाउँपालिकाले रु ४७ करोड ६० लाखको बजेट पारित गरेको साथै उक्त गाउँपालिकामा अवस्थित बनियानी स्वास्थ्य केन्द्रमा मिर्गाला रोगीका लागि निःशुल्क डाइलासिस सेवा प्रदान गर्न रु एक करोड बजेटको व्यवस्था गरिएको अध्यक्ष आलमले जानकारी दिनुभयो।