काठमाडौं, साउन १-आगामी २८ जुलाइ देखि अगष्ट २ सम्म युरोपको लात्भिया राज्यको रिगामा आयोजना हुने मिस एलिट ब्युटी क्विन २०१९ मा नेपालकी भावना मल्ल ठकुरीले प्रतिस्पर्धा गर्ने भएकी छिन्।
ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनले (डिएमआईएफ)ले राजधानीमा आयोजना गरेको अडिसनबाट उनी उक्त प्रतिस्पर्धाका लागि छानिएकी हुन्। इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनले (डिएमआईएफ) ले आयोजना गरेको ‘मिस एलिट ब्युटी क्विन इन्टरनेशन नेपाल २०१९’ को ताज जित्त्दै प्रतियोगिताको लागि आधिकारिक रूपमा छनोट भएको हो।
उक्त प्रतियोगिताको बिजेताले ३ हजार युरो, ताजका साथै विभिन्न गिफ्ट जित्नेछन्। प्रतियोगितामा भावनाले नेपाली कला संस्कृति सहित सहभागी हुन लागेकी हुन्।
प्रतिक्रिया दिनुहोस