काठमाडौँ, असार ३१ निजामती कमचारी तथा सरकारको विभिन्न ओहोदामा बसी विभिन्न देशको स्थायी बसोबासको अनुमति (डिभी वा पीआर) लिएका कर्मचारीहरुलाई सरकारले अब कारबाही स्वरुप पेन्सन पत्ता वा उपदान नदिने निर्णय गरेको छ। सरकारको यो निर्णयले गर्दा सरकरी कर्मचारीहरुको होसोहवास उडेको छ।
कर्मचारीले सेवा अवधीमै डिभी र पीआर लिई पेन्सन अथवा उपदान लिएर जागिर छाड्ने क्रम बढ्दै गए पछि यस्तो प्रबृत्तिलाई रोक्न सरकारले कानुनी रुपमा नै यस्तो निर्णय लिन लागेको हो।
अब सेवा अवधी मै विभिन्न देशको स्थायी बसोबासको अनुमति डिभी, पीआर लिने कर्मचारीले पेन्सन वा उपदान नपाउने व्यवस्था गर्न लागेको सामान्य प्रशासन मन्त्रालयका अधिकारीले जानकारी दिएका छने।
प्रतिक्रिया दिनुहोस