खेलकुद

१२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डलाई

काठमाडौं, असार ३० १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डले जितेको छ। आइतबार राति भएको निकै नै रोमान्चक फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो।

५० ओभरमा दुबै टिमले समान २४१ रन बनाएपछि खेल टाई भएको थियो। त्यसपछि खेलको निर्णय सुपर ओभर बाट गरिएको थियो। सुपर ओभरमा पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले १५ रन बनाएको थियो। न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए भने ब्याटिङमा जोस बट्लर र बेन स्टोक्स थिए। पहिलो बलमा स्टोक्सले तीन रन लिए भने दोस्रो बलमा एक रन लिएर बट्लरले स्टोक्सलाई स्ट्राइक दिए। तेस्रो बलमा स्टोक्सले चौका हाने भने चौथो बलमा एक रन लिए। पाँचौं बलमा दुई रन लिएका बट्लरले छैटौं बलमा चौका प्रहार गर्दै १५ रन बनाए। जवाफमा न्यूजिल्याण्डको ब्याटिङमा जिम्मी निशम र मार्टिन गुप्टिल आएका थिए भने बलिङ जोफ्रा आर्चरले गरेका थिए। एक दिवसीय करियरमा आर्चरले एक ओभरमा दिएको सबैभन्दा धेरै रन भने १५ हो।

न्यूजिल्याण्डलाई जितका लागि १६ रन आवस्यक थियो। पहिलो बल वाइड गरेका थिए भने दोस्रो बलमा निशमले दुई रन लिए। ओभरको दोस्रो बलमा निशमले छक्का प्रहार गरेपछि न्यूजिल्याण्डलाई चार बलमा सात रनको आवस्यकता परेको थियो। तेस्रो र चौथो बलमा निशमले दुई–दुई रन लिएपछि न्यूजिल्याण्डलाई अन्तिम दुई बलमा तीन रन आवस्यक थियो। पाँचौं बलमा निशमले एक रन लिएर गुप्टिललाई स्ट्राइक दिए। अन्तिम बलमा दुई रन आवश्यक रहेको अवस्थामा गुप्टिलले एक रन त पूरा गरे दोस्रो रन लिँदा रनआउट भएपछि न्यूजिल्याण्ड फेरी उपविजेतामा सिमित बन्यो।

निकै नै रोमान्चक खेलको सुपर ओभरमा इङ्ल्यान्डले जस्तै न्युजिल्यान्डले पनि समान १५ रन बनाए पछि धेरै बाउन्ड्री हानेको आधारमा इङ्ल्यान्ड विजेता बन्यो १२ औं संस्करणको बिजेता बन्यो। सुपर ओभरमा इङ्ल्यान्डले दुई चौका हान्यो भने न्युजिल्यान्डले एक छक्का मात्र हानेको थियो।

सन् १९७९, सन् १९८७ र सन् १९९२ मा गरी तीनपटक विश्वकपको फाइनलमा पुगेता पनि तीनै पल्ट उपविजेता मै सीमित बनेको इङ्ल्यान्डले चौथो प्रयासमा विश्वकप ट्रफी उचालेको हो।

 

Featured