मनोरंजन विदेश

बलिउडमा आफू सहित जम्मा पाँचजना मात्र उत्कृष्ट सेलिब्रिटी भएको जिकिर- सलमान खान

भारत, असार २९,  भारतीय फिल्मका दबंग तथा चुलबुल पाण्डेको रुपमा परिचित सुपरस्टार सलमान खानले बलिउडमा आफू सहित जम्मा पाँचजना मात्र सेलिब्रिटी भएको बताएका छन्। उनका अनुसार पाँचजनाको सूचीमा उनीलगायत शाहरुख खान, आमिर खान, अक्षय कुमार र अजय देवगन पर्छन्। उनले धेरै समयसम्म स्टारडमलाई कायम राखिराख्न पनि निकै गाह्रो भएको बताएका छन्।

फिल्मफेयर एक सँगको अन्तरवार्तामा सलमानले भने, ‘अन्ततः स्टारडम बिलिन भएर जान्छ। धेरै समयसम्म यसलाई निरन्तरता दिन सक्नु अहिले सम्म कै ठूलो कुरा हो। मलाई लाग्छ शाहरुख खान, आमिर, अक्षय कुमार, अजय हामीले स्टारडमलाई धेरैसम्म टिकाउन सक्यौं। यसलाई थप केही वर्षसम्म टिकाइराख्न हामी प्रयासरत पनि छौं।’

पछिल्लो समयमा सलमान खान आफ्नो सोसल मिडियामा व्यायाम गरिरहेको फोटो र भिडियो हाल्छन् त् कहिले परिवारसँगका आफ्नो पलहरु हालेर सक्रिय भइरहेका छन्।

Featured