देश

अनिल झाले रौतहट डुबान पर्नुको कारण नेपाल सरकार रहेको दाबी

काठमाडौं, असार २८। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारको कमजोरिका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मण्डलका संयोजक झाले भने,‘हामीले गर्नुपर्ने काम चाहीँ हामी गर्दैनौं, अनि अरुले बाँध बाँध्यो भनेर हुँदैन। अर्काको बाँध किन हेर्नुपर्यो, मैले धेरैपटक संसदमा नै बाँध बाँध्नको लागि अनुरोध गरेको छु। भारतले आफ्नो नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो। हामीले पनि हाम्रो बाँध बाँध्नुपर्छ। भारतलाई सरापेर हुँदैन।’

उनले अहिलेको वर्षाका कारण बाढी, पहिरो पीडित बाट पिडित बनेकालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन। उनले भने,‘पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनुपर्छ। बेपत्ता भएकाहरुको शिघ्र खोजी कार्य सुरु गर्नुपर्छ र, घाईतेहरुलाई पनि उपचार गराउनुपर्छ।’ झाले अहिलेपनि ठूलो संख्यामा बाढि तथा पहिरोमा फसिरहेको सुनाउँदै उनीहरुको तत्काल उद्धार गर्नुपर्ने भनाई राखे। अहिलेसम्म राहतको घोषणा नभएकोले सरकारले तत्काल त्यस तर्फ ध्यान दिन पनि आहवान गरे। उनले सिंगो रौतहट डुवानमा परेको सुनाउँदै बाढि पीडितलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे। उनले थपे,‘ईतिहासमा यो भन्दा ठूलो बाढी कहिल्यै आएको थिएन्। यो वर्ष ठूलो बाढी आयो। ठूलो क्षति भएको छ।’

बिबिन्न राजनीतिक दलहरुले आफ्ना नेता तथा कार्यकर्ताहरु परिचालित गरिरहेको बेलमा राजपा नेपालले पनि ठूलो संख्यामा आफ्नो कार्यकर्ताहरुलाई, बाढी, पहिरोमा परेकाहरुलाइ उद्धार गर्न त्यस तर्फ खताएको झाले बताए। उनले आफ्नो पार्टीले हैसियतअनुसार पीडितहरुलाई उचित साथ र सहयोग गर्ने घोषणा पनि गरे।