देश

सप्तकोशी ब्यारेजको धोका बन्द गर्न नेपाल सरकारलाई भारतको दबाब

धरान, असार २८। बिहिवार देखि लगातार परिरहेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ। एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिनुभयो। निरन्तर परिरहेको पानीको कारण अहिले सप्तकोशीको ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन्। सप्तकोशीको धोका खोल्नाले अहिले भारतको बिहार जलमग्न भएकोे छ जसको कारण भारतले उक्त ढोका बन्द गर्न नेपाल सरकारलाई दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताउनुभयो।

Featured