देश साहित्य

आयुष वासुदेव ‘मुनाल’ बालप्रतिभा पुरस्कार द्वारा सम्मानित

काठमाडौं, असार २७  भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा चौथो स्थान हासिल गरेका आयुष केसीलाई ‘वासुदेव ‘मुनाल’ बालप्रतिभा पुरस्कार–२०७६’ बाट सम्मान गरिएको छ।

बिहिबार होटल अर्यालमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २१ हजार नगदसहितको उक्त पुरस्कार आयुष केसीलाई प्रदान गरे। स्व.वासुदेव मुनालको स्मृतीमा गठित बासुदेव कोइराला मुनाल स्मृति फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा स्व.मुनालको तश्विरमा प्रमुख अतिथी विष्टसहित अन्य अतिथिहरुले फूल अर्पण गरेका थिए।

लामो समय सम्मको मष्तिकघात र घाँटीको क्यान्सरको रोगका कारण गायक वासुदेव मुनालको २०७४ असोज १४ गते निधन भएको थियो। कार्यक्रममा मन्त्री विष्टले वासुदेव मुनालले बालसाहित्यमा पुर्याएको योगदानको कदर गर्दै देशले सधैं सम्झने व्यक्तिको रुपमा प्रशंसा गरे। उनले आफू पनि स्व.मुनालको रेडियो कार्यक्रम र गीत सुनेर हुर्किएको बताए।

वासुदेव कोइराला मुनाल स्मृति फाउन्डेशनका अध्यक्ष तथा स्वर्गीय मुनालका भाई प्रा.डा. उपेन्द्र कुमार कोइराला मुनाललाई सम्झँदा निकै भावविह्वल भएका थिए।