देश

पहिरोमा परेर रामेछापमा एकको मृत्यु

काठमाडौं, असार २७ शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाको कारण पहिरोले रामेछापमा एक जनाको मृत्यु भएको छ।

रामेछाप रामपुर ५ मा गएको पहिरोमा परि ७० वर्षकी पदमकुमारी सुनुवारको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसीले जानकारी दिइन्।

गोठमा दुध दोहिरहेकी सुनुवारको पहिरोले पुरेर मृत्यु भएको हो।बिहीबारदेखि परेको वर्षाले रामेछापका विभिन्न ठाउँमा पहिरो गएको उनले बताइन्।

Featured