देश

२५ जिल्लामा साताभर पानी पर्ने: जीउ र बीउ जोगाउन मौसमविद्को सुझाव

काठमाडौं, असार २७ जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा मेघ गर्जनसहित साता भरि पानी पर्ने अनुमान गरेको छ। मनसुनले देशभर नै सक्रियता बढाउँदै गए पछि २५ जिल्लामा बढी भन्दा बढी पानी पर्ने अनुमान गरेको हो।

मौसमविद्हरू यो समयमा खाध्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहनुपर्ने बताउँछन्। महाशाखाले बिहीबार मौसमको विशेषअनुमान गर्दै २५ जिल्लामा कहिले हल्का, कहिले मध्यम तथा कहिले भारी वर्षाको अवस्था रहने जनाएको छ। महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले शुक्रबारसम्म देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने जानकारी दिए।

उनले भने, “भारी वर्षाले पूर्वी, मध्य क्षेत्रको पहाडी भेग र तटीय क्षेत्रमा बढी प्रभाव पार्ने हुँदा उच्च सतर्कता अपनाउनु पर्ने बताएका छन्। विशेष गरी तराईका पर्सा, चितवन र आसपासका क्षेत्रका आकाश घना बादलले ढाकेको छ। ” उनले पश्चिमका दार्चुला, डडेलधुरा, कैलाली, कञ्चनपुरका क्षेत्रमा पनि लगातार वर्षाको सङ्केत गरे। यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेका छन्।

Featured