खेलकुद

बी एन्ड आर कपमा नेपालद्वारा चीन ८ विकेटले पराजित

काठमाडौं, कात्तिक २७–बी एन्ड आर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको अन्डर नाइन्टिन टोलीले चीनविरुद्ध सहज जित निकालेको छ । बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले चीनमाथि ८ विकेटको जित दर्ता गरेको हो ।

चीनले दिएको ३८ रनको सामान्य लक्ष्य नेपालले ६ ओभरमा दुई विकेट गुमाउँदा भेट्टाएको थियो । चीनले १० ओभरमा ३७ रन बनाउँदा सबै विकेट गुमाएको थियो । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । पहिलो खेलमा नेपाल थाइल्यान्डसँग २९ रनले पराजित भएको थियो ।

Featured