देश

काठमाडौंका ५ ठाउँमा जुवाविरुद्ध प्रहरी अपरेशन, एकैरात ४३ जना पक्राउ

काठमाडौं, कात्तिक २७–गएराति प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवाविरुद्ध अपरेशन चलाएको छ । प्रहरीले काठमाडौंका पाँच स्थानमा जुवा अपरेशन चलाएको हो । प्रहरीको अपरेशनका क्रममा करिब ९ लाख नगदसहित ४३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए । महाराजगञ्ज, स्वयम्भू, कीर्तिपुर र बौद्ध प्रहरीले गएराति एकै समयमा जुवा अपरेशन चलाएको थियो ।

Featured