देश

टिपर दुर्घटनामा दुई जनाको मृत्यु

पाँचथर, कात्तिक २७–निर्माणाधीन कोशी कोरिडोर अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–४ सालिंगेमा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । सुभाङदेखि सडक निर्माणको काम गरेर कोरिडोरको ४ नम्बर क्याम्प अमरपुर फर्किदै गर्दा गएराति सो टिपर दुर्घटनामा परेको हो ।

सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी रसुवा कन्सट्रक्सन प्रा.लि.को बा २ ग २९२० नम्बरको टिपरका चालक धादिङका करिब २६ वर्षीय विनोद तामाङ र कन्सट्रक्सनकै पूर्वकर्मचारी हिलिहाङ–१ अमरपुरका २२ वर्षीय भीम तामाङको मृत्यु भएको हो । उनी रसुवा कन्सट्रक्सनमा स्टोर किपरको रुपमा कार्यरत रहेको र बरबुझारत गरेर फर्किने क्रममा दुर्घटनामा परेर मृत्यु भएको हो ।

Featured