देश मनोरंजन विदेश

‘मिस टीन भारत’ को उपाधि नेपाली चेली निकिता थापा मगरलाई

काठमाडौं, असार २६ नेपाली चेली निकिता थापा मगरले भारतीय सौन्दर्य प्रतियोगिता ‘मिस टीन भारत’ को उपाधि जितेकी छिन्। ‘मिस टीन भारत’ प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापा विजेता बनेकी हुन्।

यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ की विजेता थापा काँकरभिट्टा क्याम्पसमा कक्षा १२ को भर्खरै परीक्षा दिएर बसेकी छिन्।

भारतीय सौन्दर्य प्रतियोगितामा नेपालकी चेलीले प्राप्त गरेको यो नै अहिले सम्मको ठूलो सफलता हो। यसको सम्बन्धी नेपाली मिडियामा भने कुनै चर्चा नै नभएको नेपाल मगर सङ्घ मेचीनगरका अध्यक्ष विकास थापामगरले बताए छन्।

निकिताले ‘मिस टीन भारत’को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनलाई अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले चार म्युजिक भिडियो र एउटा सर्ट मूभिमा अभिनयको सम्झौता गरिसकेको निकिताले बताइन्।

Featured