देश

‘लो भोल्टेज’ समाधान र विजुली विस्तार गर्न मन्त्री घिमिरेको निर्देशन

विराटनगर, कात्तिक २६–प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेल ‘लो भोल्टेज’ र विजुली आपुर्ती समस्या समाधानका लागि विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । मोरङको कटहरी गाउँपालिकामा ट्रान्सफर्मरको अभावमा वारम्वार ‘लो भोल्टेज’ र विद्युत आपुर्तीमा समस्या भएको गुनासो आएपछी विद्युत पा्रधिकरणका कटहरीका प्रमुख संजय झालाई मन्त्रालयमै डाकेर छलफल गरि तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

छाफलमा कटहरी वडा नं. १ मा ८०, वडा न २ मा ५० र वडा न ३ मा २० वटा पोल र वडा न १ को अन्नत चौकमा ट्रान्सर्फमर राख्ने निर्णय भएको मन्त्री घिमिरेका स्वकिय सचिव तुलसी घिमिरेले जानकारी दिए । लामो समयदेखी कटहरी गाउँपालिकाका .वडा नं. १, २ र ३ मा विजुलीको पोल र ट्रान्सर्फमरको को अभावमा स्थानीय जनता विद्युत समस्या झेल्दै आएका छन् ।

Featured