देश

लैंगिक हिंसाविरूद्ध हस्ताक्षर

सुर्खेत, कात्तिक २६–लैंगिक हिंसा विरुद्धको वर्ष अभियान २०७६र७७ लाई सफल बनाउन सुर्खेतमा आयोजित एक कार्यक्रमका सहभागीहरुले अभियानप्रति प्रतिवद्धता जनाएका छन् । अभियानप्रतिको प्रतिवद्धतास्वरूप उनीहरूले हस्ताक्षरसमेत गरे । लैंगिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायसँग अन्तर्क्िरया गर्न आयोजित कार्यक्रमका सहभागीहरुले अभियान सफल बनाउन तथा लैंगिक हिंसा विरुद्धको वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वन हुनुपर्नेमा जोड दिए । प्रदेशस्तरीय सो अन्तर्क्िरया कार्यक्रममा मुख्यमन्त्री, मन्त्री, सांसद तथा स्थायनीय तह, जिल्ला समन्वय समिति र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले हस्ताक्षर गर्दै अभियान सफल बनाउन सबैले प्रयास गर्नुपर्नेमा जोड दिए । सोही अवसरमा लैंगिक हिंसा विरुद्धको वर्ष अभियान २०७६ को वार्षिक कार्ययोजनामाथि सुझाव संकलन गरिएको थियो । कार्ययोजनामा समेटिएका अधिकांश कार्यक्रम अन्तर्क्िरयात्मक तथा चेतनामुलक मात्र भएकाले यसमा केही सुधार गर्नुपर्ने सहभागीहरुको सुझाव थियो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लैंगिक हिंसा अन्त्यका लागि परम्परागत सोचलाई परिवर्तन गर्नुपर्ने बताए । ‘कर्णालीमा लैंगिक हिंसाको प्रमुख कारक गरिबी पनि हो । गरिबी हटाउन सकेमात्र पनि महिलाहरुमाथि हुने हिंसा स्वतः समाप्त गर्न सकिन्छ,’ उनले भने । सामाजिक विकासमन्त्री दल रावलले नीति निर्माण गर्ने तहलाई बलियो बनाउन सकेमात्र लैंगिक हिंसा अन्न्य गर्न सकिने बताए । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले महिलाहरु सवल हुनका लागि हिंसामुक्त हुनु आवश्यक रहेको औँल्याए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै आठबिसकोट नगरपालिकाकी उपप्रमुख दिपा बोहोराले महिला हिंसा अन्त्यका लागि स्थानीय स्तरबाटै योजना बनाएर अगाडि बढ्नुपर्ने बताइन् । घरको कामबाटै हिंसा सुरु हुने भएकाले काम बाँडफाडको मानसिकता हटाउन सकेमात्र यसको अन्त्य हुने उनको धारणा थियो ।

कर्णाली प्रदेश सरकारकी प्रवक्ता बिमला केसीले महिलाहरुलाई आर्थिक रुपमा समृद्ध बनाए मात्रै हिंसाको अन्त्य गर्न सकिने बताइन् । कार्यक्रमा उनले बाहिर अधिकारका कुरा गर्ने पुरुषहरुले नै पैतृक सम्पत्तिमा छोरीलाई अधिकार नदिनुले महिला हिंसा न्युनीकरण हुन नसकेको भनाइ राखिन् । यसका लागि सबैले आफ्नो घरबाटै अभियान सञ्चालन गर्नुपर्ने उनको सुझाव थियो ।

Featured