देश मनोरंजन

अभिनेत्री शिल्पालाई पक्राउ गर्ने बाटो खुल्यो

काठमाडौं, कात्तिक २६–सर्वाेच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले अभिनेत्री शिल्पाको रिट निवेदन खारेज गर्ने आदेश दिएसँगै पक्राउ गर्न बाटो खुलेको हो । अभिनेत्री पोखरेलले सोमबार आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन गरेकी थिइन् ।

Featured