देश

मधुमेह रोगसम्बन्धी सम्मेलन हुदै

काठमाडौं, कात्तिक २६–नेपाल मधुमेही समाजले शिक्षाविद्को सहभागितामा मधुमेह सम्बन्धी बृहत् सम्मेलन बिहीबार आयोजना गर्ने भएको छ । सम्मेलनमा काठमाडौं महानगरपालिकाका ५० माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं मधुमेह रोगको न्यूनीकरण, वरिष्ठ विशेषज्ञ, चिकित्सक तथा सम्बन्धित विज्ञका साथै समाजसेवीको सहभागिता रहने समाजका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा प्रदीपकुमार श्रेष्ठले मधुमेह रोकथामका उपाय तथा खानपानमा सुधारका विषयमा विस्तृत जानकारी दिने समाजले जनाएको छ । कार्यक्रममा गोल्डेन गेट इन्टरनेशनल कलेजका कार्यक्रम संयोजक तथा खाद्य प्रविधिविज्ञ आलोक श्रेष्ठले खाद्य तथा पोषणसम्बन्धी, तिलगङ्गा अफ्थाल्मोलोजी इन्ष्टिच्यूटका नेत्ररोग विशेषज्ञ डा.इली प्रधानले मधुमेहबाट आँखामा हुने प्रभाव विषय तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले मुटुरोग सम्बन्धमा मन्तव्य दिने संयोजक डा बज्राचार्यले जानकारी दिए ।

Featured