देश

वडा अध्यक्षले कुटे कार्यालय सहयोगी

धनगढी, कात्तिक २६–कैलालीको मोहन्याल गाउँपालिका– ५ का अध्यक्षले कार्यालय सहयोगीमाथि कुटपिट गरेका छन् । वडा अध्यक्ष छविलाल हौजाली मगरले कार्यालय सहयोगी तुलसरा सिंजालीमाथि कुटपिट गरेका हुन् ।

कात्तिक १९ गते वडा अध्यक्ष हौजाली मगरले आफुमाथि कुटपिट गरेको भन्दै तुलसराले आइतबार इलाका प्रहरी कार्यालय सुक्खडमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । उनले घटनाबारे बुझ्न दुवै पक्षलाई इलाका प्रहरी कार्यालय सुक्खडमा बालाइएको बताए । कुटपिटमा पर्ने महिला वडा अध्यक्षकी भतिजी नाता पर्ने पनि प्रहरीले जनाएको छ । उनले हौजाली मगरकी श्रीमतीलाई अध्यक्षको अर्की महिलासँग उठबस रहेको कुरा लगाएपछि कुटपिट गरेको बुझिएको प्रहरीले जनाएको छ ।

Featured