विदेश

अमेरिकी पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना

एजेन्सी, कात्तिक २६–अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई अस्पताल भर्ना गरिएको छ । पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुका भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ ।

इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राव भएकोे चिकित्सकहरुले जनाएका छन् । उनलाई यसअघि अक्टोवर २२ तारिखका दिन पनि अस्पताल भर्ना गरिएको थियो । अमेरिकाको ३९औँ राष्ट्रपति कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको नेतृत्व गर्नुभएको थियो ।

Featured