डडेल्धुरा, कात्तिक २६–भारत केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का सहसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रबिन्दु भएर गएको ४ दशमलब ६ रेक्टर स्केलको भूकम्पका कारण बैतडी र दार्चुलामा धक्का महसुस गरिएको हो।
भूकम्प मंगलवार बिहान ७ बजेर ४५ मिनेटमा गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिए। भूकम्पवाट कुनै क्षती भएको छैन्।
प्रतिक्रिया दिनुहोस