देश

७९ बिघामा लगाइएको गाँजा खेती नष्ट

चितवन, कात्तिक २६–चितवनको राप्ती नगरपालिका १२ र १३ को करिब ७९ बिघामा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका एकाइले पाँच दिन लगाएर राप्तीका दुई वटा वडामा लगाइएको गाँजा नष्ट गरेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार कात्तिक २० गतेदेखि २४ गतेसम्म सो परिणामको गाँजाखेती नष्ट गरिएको हो । अवैधरुपमा लगाइएको गाँजाखेती इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको ६७ जना प्रहरीको टोलीले नष्ट गरेको हो ।

यसैबीच प्रहरीले विसं २०७६ को विजयादशमीदेखि छठपर्वसम्म विभिन्न मितिमा अवैधरुपमा निकासी गरी चितवनमा ल्याइएका विभिन्न प्रकारका प्रज्वलनशील पर्दाथ नियन्त्रणमा लिई नष्ट गरेको छ । रासस

Featured