देश

रुप ज्योतिको परिवारलाई नै ठगी मुद्दा हाल्ने मल्ल प्रहरी ‘सम्पर्क बाहिर’

काठमाडौं, कात्तिक २६–व्यवसायिक घराना ज्योति समुहका ११ जना विरुद्ध ठगी मुद्दा हाल्ने विज्ञेन्द्रकृष्ण मल्ल प्रहरी सम्पर्क वाहिर छन् । मल्लकै उजुरीका आधारमा प्रहरीले डा. रुप ज्योति र उनकी छोरीलाई लाई पक्राउ गरी हिरासतमा लिएको छ भने उनका दाजु पद्म ज्योति विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

आफूहरुले सम्पर्क गर्न खोज्दा मल्लसँग सम्पर्क हुन नसकेको प्रहरीको भनाइ छ । मल्लसँग थप ‘केही कुरा सोधपुछ’ गर्नुपर्ने भएकोले उनीसँग सम्पर्कको प्रयास भएको प्रहरी स्रोतले बतायो । ‘हामीले पनि उहाँ (मल्ल) सँग सम्पर्क गर्न खोजेको हो, केही थप जानकारी लिनुपर्ने थियो, हामीलाई दिएको मोबाइल अफ गर्नुभएको छ, अन्य स्रोतबाट पनि सम्पर्क हुन सकिरहेको छैन,’ प्रहरी स्रोतले भन्यो ।

Featured