देश

द्रुतमार्गमा सुरुङ र ठूला पुलबाहेक सबै काम सेनाले गर्ने

काठमाडौं, कात्तिक २६–बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौं–निजगढ (फास्ट ट्रयाक) को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनाले अब नयाँ अवधारणाअनुसार गति बढाउने भएको छ । सेनाको नयाँ अवधारणाअनुसार सेना आफैंले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्रे, नाला, कल्भर्ट, पर्खाल र अन्य पुलहरु आफैं निमौण गर्ने भएको छ ।

विवादमा तानिएका योजना प्रमुखको कामबाट आयोजना ढिलो हुँदै गएपछि प्रधानसेनापतिले आयोजनामा व्यापक सुधार गर्दै नयाँ अवधारणामा सेना आफैंले काम गर्ने योजना बनाएका हुन् । योजना प्रमुखको पद रिक्त रहेपनि आयोजनाको काम अब द्रुत गतिमा लैजान सेनापतिले कडा निर्देशन आयोजनासँग सम्बन्धि पदाधिकारीलाई दिएका छन् । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured