देश

विद्युत चुहावटमा संलग्न ३० जना पक्राउ

वीरगञ्ज, कात्तिक २५—बाराबाट विद्युत चुहावटमा संलग्न ३० जनालाई पक्राउ गरेको छ। नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र बारा र प्रहरीको संयुक्त गस्ती टोलीले उनीहरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको हो। उनीहरु अवैध रुपमा विद्युत चुहावटको कार्यमा संलग्न रहेको नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रको दाबी छ।

बाराको फेटा गाउँपालिका वडा नं ३ र ४ फेटा गाउँ, विश्रामपुर गाउँपालिका वडा नं १ र २ को बतरा, बरैनिया लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्राधिकरणमा रहेको बक्यौता र जरिवाना तिरेपछि उनीहरुलाई छाडिएको डीएसपी रञ्जित सिंह राठौरले बताए।

Featured