देश

काभ्रेको नमोबुद्धमा बस दुर्घटना :एकको मृत्यु, २४ घाइतेमध्ये ७ गम्भीर

काठमाडौं, कात्तिक २५–काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बा४ख ३३१९ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई जोगाउन खोज्दा नमोबुद्ध नगरपालिका–२ बेलास्थित बिपी राजमार्गबाट करिब सय मिटर तल खसेको हो ।

दुर्घटनामा परी घाइते भएकामध्ये अन्दाजी ६२ वर्षीय पुरुषको धुलिखेल अस्पताल पुर्याएलगत्तै मृत्यु भएको हो । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । २१ घाइतेको उपचार धुलिखेलमै भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडौंको नर्भिक हस्पिटल ल्याइएको छ ।

Featured